news
6:46 AM![]()
![]() |
समाचार
धनकुटा दुर्घटनामा मृतकको संख्या १५ पुग्यो
संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको बस धनकुटाको परेवादिन ५ सिधुवा बजार नजिक बिहीबार दुर्घटनाग्रस्त अवस्थामा । तस्बिर : चन्द्र कार्की/कान्तिपुर
श्रावण १४, २०७३- धनकुटाको सिधुवामा बिहीबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान धरान १७ का चेतबहादुर मगरको मृत्यु भएको हो ।
संखुवासभाको मुढेशनिश्चरेबाट तेह्रथुमको वसन्तपुर हुँदै धरान जाँदै गरेको बा२ख ७३६६ नम्बर बस सवा १२ बजे सडकबाट करिब सय मिटर खसेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत रहेका ४५ वर्षीय खेवा, परेवादिन ४ का ४० वर्षीया तारादेवी बस्नेत र उनकी २ वर्षीया छोरी लिरी छन् । यसैगरी, परेवादिन ५ की अतिमाया तामाङ, धरान २ का वेदप्रकाश अग्रवाल, बुढीमोरङ ८ का ३२ वर्षीय बसचालक सनम तामाङ, मारेकटहरे ३ का ५२ वर्षीय वीरबहादुर काफ्ले, परेवादिन ५ की ५० वर्षीया खिनमाया भट्टराई, तेह्रथुम फुलेक ६ की १२ वर्षीया होमा पौडेल, लेगुवा २ का १५ वर्षीय तेजबहादुर थापा र संखुवासभा, मादीका टंक कटवालको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले बताए ।
त्यस्तै सनाखत हुन बाँकी तीन मध्ये संखुवासभाका यमबहादुर महत र खगेन्द्र कार्कीको सनाखत भएको छ ।
नाम नखुलेका थप एक जनाको धरानमा उपचार हुँदाहुँदै राति अबेर मृत्यु भएको हो । घटनास्थलमा ७ जनाको मृत्यु भएको थियो । अन्यको उपचार क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २६ जनाको धरान, धनकुटा, विराटनगर लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
![]() |

0 comments