news

9:04 AM





काठमाडौंं,१४ साउन । महानायक राजेश हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत भएको प्रतिक्षित फिल्म शकुन्तलाुको ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलर हेर्दा चलचित्र एक्शनप्रधान जस्तो लाग्छ । ट्रेलरमा हमाल महिला अधिकारको पक्षमा आक्रामक देखिएका छन् ।


दिनेश श्रेष्ठ निर्देशित फिल्म हमालको करियरलाई कोषे ढुङ्गा बन्ने अनुमान लगाईएको छ । युगदेखी युगसम्मु डेब्यू तथा सयौँ फिल्म खेलिसकेका हमालको पछिल्लो समयको धर्मराउँदो अभिनय यात्रालाई यो फिल्मले ईट्टा थप्ने आशा धेरैको छ ।

फिल्ममा हमालसँगै किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, शिभम श्रेष्ठ लगायत अभिनयमा छन् । फिल्म भने भदौ १० मा रिलिज हुँदैछ ।

You Might Also Like

0 comments